इरानको राजधानी तेहरान खाली गर्न ट्रम्पको धम्की 

एजेन्सी, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान जारी संघर्षका बीच इरानको राजधानी तेहरान तत्काल खाली गर्न सुझाव दिएका छन् । 

उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले जुन सम्झौताको कुरा गरेको थिए, त्यसमा इरानले हस्ताक्षर गर्नुपर्छ । तर इरानले मानेको छैन, यो निकै लज्जास्पद र मानव जीवनको बर्बादी हो ।’

आफूले बारम्बार इरानसँग परमाणु हतियार हुन नहुने बताइरहेको र अब सबैले तेहरानलाई तत्काल खाली गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

ट्रम्प जी सेभेन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन क्यानडा गएका थिए । तर उनी तत्कालै फर्किँदैछन् । मध्यपूर्वमा देखिएको अवस्थाका कारण आफू फर्किएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।