थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

एजेन्सी, २ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

अमेरिकालाई विदेशी आतङ्ककारी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउन यही महिनाको शुरूदेखि राष्ट्रपति ट्रम्पले विभिन्न देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाउन थाल्नुभएको हो । यसअघि उहाँले १२ देशका नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

अबको दुई महिनामा भुटानसहित ३६ देशलाई पूर्ण वा आंशिक रूपमा अमेरिका प्रवेश निलम्बनको लागि सिफारिश गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका देशमा एशियाका ४ देश भुटान, किर्गिजस्तान, सिरिया र कम्बोडिया समावेश छन् । त्यसैगरी, अफ्रिकाका २५ देशका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको वाशिङ्टन पोस्टले उल्लेख गरेको छ ।

अफ्रिकी देशहरुमा अङ्गोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, जिबौटी, इथियोपिया, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभोरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया, नाइजर, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगाण्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

त्यस्तै अमेरिकाले क्यारेबियन क्षेत्रका एन्टिगुवा एण्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसियाका नागरिकमाथि पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको छ । ओसिनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्