अहमदावाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो

काठमाडौँ, ३१ जेठ । बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामास्थलमा शनिबार थप उक शव फेला परेको छ ।

बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर हटाउँदै गर्दा विमानको पुच्छरमा फसेको एक शव फेला परेको हो । पोस्टमार्टमपछि उक्त शव एयर होस्टेजको रहेको पुष्टि भएको छ । यता दुर्घटनामा मरेका व्यक्तिहरुको डीएनए परीक्षणको काम जारी रहेको छ । सिभिल अस्पतालबाहिर मृतकका परिवार जम्मा भएका छन् ।

अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ । आड शवको शनाखत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा क्रू र यात्री गरी २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बच्न सफल भएका छन् । बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएको छ । जसमा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ थिए । अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्