एयर इन्डियाको विमान भारतमा दुर्घटना 

काठमाडौँ, २९ जेठ । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एउटा जहाज दुर्घटनामा परेको छ ।

एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको छ ।

प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ । दुर्घटना भएको विमानमा २९० जना यात्रीहरु रहेको बताएको छ । दुर्घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।

३०० यात्रु बोक्ने क्षमता भएको बिमानमा २९० जना यात्रीहरु रहेको बताएको छ । यसअघि भने २४२ यात्रु रहेको समाचारमा जनाइएको थियो । ती मध्ये धेरैजना घाइते भएको हुन सक्ने बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको अवाज आएको थियो । दुर्घटनाको कारण तथा भएको क्षतिको बारेमा पुष्टि हुन बाँकि रहेको समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्