ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमको चेतावनी

एजेन्सी, २७ जेठ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड ट्रम्पले जे चाहेका थिए अहिले त्यो भइरहेकाे बताएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गभर्नर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाएका छन् । उनले यसअघि नै यो कदमलाई असंवैधानिक भनेका थिए ।

शनिवार क्यालिफोर्नियामा इमिग्रेशन र सीमा सुरक्षा प्रवर्तनका कदमहरू विरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । त्यहि बेला ट्रम्प प्रशासनले गभर्नर न्यूजमको आपत्तिमा बेवास्ता गर्दै दुईसय जना नेशनल गार्ड तैनाथ गरेको हो ।

यसैबीच अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार नेशनल गार्ड तैनातीलाई समर्थन गर्न अमेरिकी मरीनहरूलाई पनि उच्च सतर्कतामा राखिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्