काठमाडौँ, २५ जेठ । अमेरिकी खेलाडी कोको गौफले शनिबार फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि जितेकी छन् ।
यस क्रममा उनले रोलान्ड ग्यारोसमा भएको उतारचढावपूर्ण फाइनलमा बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरिन् ।
पहिलो सेट गुमाएयता २१ वर्षीया गौफले उत्कृष्ट पुनरागमन रचिन् । उनले खेल ६–७ (७/५), ६–२, ६–४ ले खेल आफ्नो पक्षमा पारिन् । पहिलो सेट गुमाएपछि गौफले लय समातेकी थिइन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो । गौफको समग्रमा ग्रान्ड स्लाम उपाधि जित यो दोस्रो पटक हो ।
यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् । त्यतिबेला पनि गौफले फाइनलमा २७ वर्षीया सबालेन्कालाई नै पराजित गरेकी थिइन् । स्वाटेकले लगातार तीन वर्ष फ्रेन्च ओपन जित्दै उपाधिमा ह्याट्रिक गरिन् । स्वाटेक २०२० की पनि विजेता थिइन् ।






