भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

काठमाडौँ, २३ जेठ । भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरूको सङ्ख्या ५ हजार नाघेको छ ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन् । 

यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन् । 

केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ । यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन् । मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्