काठमाडौँ, १९ जेठ । नेपाली कराते खेलाडी एरिका गुरुङले प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी छन् ।
हिमालयन वारियर एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला ६८ केजीमाथि तौल समूहमा उक्त सफलता पाएकी हुन् । कांस्य पदकको प्रतिस्पर्धामा एरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिईलाई ६–२ अंकले पराजित गरेकी थिइन् ।
स्पेनिस मारिया गार्सिया टोरेससँग पराजित भएपछि उनी कांस्य भिडन्तमा पुगेकी हुन् । मारियासँग ५–५ अंकको बराबरी खेलेपछि सेन्सुका आधारमा एरिका पराजित भएकी थिइन् । त्यसपछि उनी कांस्यको भिडन्तमा पुगेकी थिइन् ।





