पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला घोषणा

काठमाडौँ, १७ जेठ । पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताए ।

उनले अहिले नसर्ने रोगको समस्या दिनानुदिन बढ्दो क्रममा रहेको हुँदा खानपान र जीवनशैली सुधार गर्न आग्रह गरे । मन्त्री सारुले स्थानीय तहहरु र सरोकारवाला सबैले नियमित स्वास्थ्य परीक्षण गर्न र अन्य नागरिकलाई यसको पहुँच वृद्धि गर्ने खालका कार्यक्रम गर्न सुझाव दिए ।

सारुले २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको बताए ।

मन्त्री सारुले पाल्पा जिल्ला लुम्बिनी प्रदेशमा लगातार दुई पटकसम्म प्रथम भएको  बताउँदै स्वास्थ्यमा पाल्पा जिल्ला निकै अगाडी रहेको इतिहास सधैको कायम राख्नुपर्नेमा जोड दिए ।

जिल्लाका ८१ वटै वडा र १० वटै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्ला पूर्णखोप सुनिश्चितता जिल्ला भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि