काठमाडौँ, १७ जेठ । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ । केरलामा सबैभन्दा बढी ७२७ केसहरू छन् ।
सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ । शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन् ।
उता, कर्नाटकको मैसूरमा शुक्रबार एक ६३ वर्षीय पुरुषको मृत्यु भयो । यो राज्यमा कोरोनाका कारण भएको तेस्रो मृत्यु थियो। अब भारतमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
मेघालयमा ७ महिनापछि २ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् । मिजोरममा २ जनामा सङ्क्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य विभागका अधिकारीहरूले राज्यमा पछिल्लो पटक यस्तो केस रिपोर्ट भएको ७ महिनापछि कोभिडका केसहरू फेला परेको बताएका छन् । मिजोरममा कोभिड-१९ को अन्तिम केस अक्टोबर २०२४ मा रिपोर्ट गरिएको थियो ।







