नाइजेरियामा बाढीका कारण एक सय १५ जनाको मृत्यु

एजेन्सी, १७ जेठ । नाइजेरियामा ठूलो वर्षापछिको बाढीमा परेर कम्तीमा एक सय १५ जनाको ज्यान गएको छ । बाढीले ५० वटा भन्दा धेरै घर बगाएको छ ।

मोक्वा शहरका टिफिन माजा र अंगुवान हौसावा जिल्ला प्रभावित भएका बीबीसीले जनाएको छ ।

आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनको काम भइरहेको बताउनुभएको छ ।

यसअघि सन् २०२२ मा पनि नाइजेरियाले ठूलो क्षति हुने गरी बाढीको सामना गरेको थियो । त्यसबेला १३ लाख मानिस विस्थापित र ६ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।