क्यानडामा लागेको डढेलो अनियन्त्रित

एजेन्सी, १६ जेठ । पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ ।

क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो  विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ ।

डढेकोका कारण हजारौं मानिसहरु विस्थापित भएका छन् । मनिटोबामा १७ हजार  मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर त्यहाँ आपतकालीन अवस्था घोषणा गरेको हो ।

क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार अहिले क्यानडाभरि एक सय ६६ भन्दा बढी ठाउँमा आगलागी भइरहेको बीबीसीले जनाएको छ । तीमध्ये ८४ वटा ठाउँको आगो नियन्त्रण बाहिर गएको छ ।

यसअघि मनिटोबाको राजधानी विनिपेगमा  डढेकोमा परेर २ जनाको ज्यान गएको थियो । क्यानडाका वनमा डढेलोको मौसम मेदेखि सेप्टेम्बरसम्म चल्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।