रक्तक्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै

काठमाडौँ, १३ जेठ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तक्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ ।

यसका लागि अस्पतालले उपकरण जडान गरी  चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिइन् । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । 

अस्पतालले यो सेवा सुरु गरेसँगै १२ हजार रुपैयाँमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्सेनि कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । 
 
रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा. पाण्डेले भनिन्, “रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।”
 
एकजना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी