कांग्रेस र एमाले आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : झलनाथ खनाल

काठमाडौँ, १० जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन् ।

आज नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए । 

उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए ।  नेता खनालले एकीकृत समाजवादी  कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काङ्ग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’

उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी  राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।  नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण  त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको