जर्मनीमा चक्कु आक्रमणमा १७ जना घाइते

काठमाडौँ, १० जेठ । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेसनमा एक महिलाले चक्कु प्रहार गरी गरेकी छिन् ।

स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको आक्रमणमा १७ जना गम्भीर घाइते भएका छन् । ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ ।

प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्यांक नभएको बताएको छ । ह्याम्बर्ग प्रहरीले घटनास्थलबाट ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गरेको छ । ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

आक्रमणकारी महिला मानसिक रूपमा विचलित भएको हुनसक्ने प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले बताएका छन् । बीबीसी 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।