यूएईमा दश महिनामा २६१ जना नेपालीको मृत्यु

काठमाडौँ, ८ जेठ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार ०८१ साउन १ गतेदेखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७ र ०८२ वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ । 

पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्