पाकिस्तानको एक स्कुल बसमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

एजेन्सी, ७ जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार एक स्कुल बसलाई लक्षित गरेर गराइएको आत्मघाती कार बम विस्फोटमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य ३८ जना घाइते भएका छन् ।

स्थानीय एक सरकारी अधिकारीका अनुसार, खुडुजार सहरको बाहिरी क्षेत्रमा सेनाद्वारा सञ्चालित स्कुलमा बसले बालबालिकालाई लैजाँदै गर्दा घटना भएको हो । घटनालगत्तै सेनाको टोली घटनास्थलमा पुगेका थियो । घाइतेहरूलाई एम्बुलेन्सबाट तत्काल अस्पताल पठाइएको थियो ।

धेरै बच्चा गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । यस प्रान्तमा लामो समयदेखि विद्रोह चल्दै आएको छ । यहाँ स्वतन्त्र देशको माग गर्दै विभिन्न समूह सक्रिय छन् । तीमध्ये अमेरिकाले सन् २०१९ मा आतंकवादी समूह घोषणा गरेको बलुचिस्तान लिबरेसन आर्मी पनि समावेश छ ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले आक्रमणको कडा निन्दा गर्दै बच्चाहरूको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले निर्दोष बच्चाहरूलाई निसाना बनाएर पूर्णरूपमा बर्बरतापूर्ण काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्