नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा

काठमाडौँ, ५ जेठ । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ ।

सुपर–३ को खेलमा यूएईमाथि पाँच विकेटको जित निकाल्दै नेपाली टिमले ग्लोबल क्वालिफायर्समा स्थान बनाएको हो ।

सोमबार बैंककमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाइन् । उनले २८ बलमा दुई चौका प्रहार गरिन् । यस्तै, रुविना क्षेत्रीले १८ बलमा तीन चौकासहित २३ रन बनाइन् । सम्झना खड्काले २१ रन थप्दा पूजा महतोले १३ रन जोडिन् । 

यूएईकी मिसेले बोथा, सुरक्ष कोटे, वैश्णवी महेश र ईशा ओजाले समान एक विकेट लिइन् । त्यसअघि, टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो । यूएईकी कप्तान ईशा ओजाले ३९ रन बनाएकी थिइन् । यस्तै, थिर्था सतिशसले २१, हिना हटचन्दनीले २० र लाभाया केन्यले १२ रन थपिन् ।

नेपालबाट मनिशा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिशाले २० रनमात्र खर्चिइन् । यस्तै, कविता कुवँरले दुई विकेट लिँदा राजमति ऐरीले एक विकेट लिइन् ।

यो नतिजासँगै प्रतियोगिताबाट ग्लोबल क्वालिफायरमा छनोट हुने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताबाट नेपाल र थाइल्यान्डले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेका हुन् । सुपर–३ को दुवै खेलमा पराजित भएको यूएईको भने सम्भावना समाप्त भएको छ ।

अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार थाइल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच भेटवार्ता भएको छ

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सबै क्षेत्रमा आवश्यक नपर्ने उल्लेख गर्दै जहाँ

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न