मेक्सिकोका सुरक्षा सल्लाहकारको गोली हानी हत्या

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ ।

एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण भएको थियो । यो आक्रमणको योजना केही लागुऔषध माफियाले बनाएको बताइएको छ । गुजम्यानले अमेरिकी विदेश विभागको लागि समेत सम्झौतामा पनि काम गरेका थिए । 

घटना राति ९ बजे भएको थियो । शुक्रबार ग्वाडालजारा सहरको एउटा रेस्टुरेन्टमा गुजमान सुरक्षा र गुप्तचर तालिम प्रदान गर्ने अन्य दुई पुरुषहरूसँग खाना खाइरहेको समयमा उनीमाथि गोली प्रहार भएको हो । उनले हालै जालिस्को प्रहरीलाई सुरक्षा र गोप्य गुप्तचर तालिम प्रदान  दिएको गुजम्यानसँग काम गरिसकेका सेवा निवृत्त एफबीआई एजेन्ट आर्टुरो फोन्टेसले भनेका थिए । 

फोन्टेसले लिंक्डइनमा एउटा पोस्टमा लेख्दै आफू र गुजम्यानले विगत दुई वर्षदेखि अमेरिकी विदेश विभागको अन्तर्राष्ट्रिय लागू औषध तथा कानुन प्रवर्तन शाखा अन्तर्गत मेक्सिकन प्रहरीलाई लागू औषध विरोधी तालिम प्रदान गर्दै आएको बताएका छन् ।

आक्रमणमा हिडाल्गो राज्यका पूर्व उपसुरक्षा सचिव कार्लाेस अमाडोरको पनि मृत्यु भएको छ । यसैबिच तेस्रो प्रशिक्षक पाब्लो काजिगल गम्भीर घाइते भएका छन्  । काजिगल चिहुआहुआ राज्यका पूर्वरक्षा सचिव हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।