रेबिजविरुद्ध दिइने खोपको अभाव

काठमाडौँ, ४ जेठ । बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव भएको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन ।

जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिन्छ । पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।