मेसीको पुनरागमन

काठमाडौँ, ३ जेठ । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा कप्तान तथा स्ट्राइकर लियोनल मेसीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

चोटका कारण मेसीले मार्च फिफा विन्डो गुमाएका थिए । जहाँ अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाविरुद्ध खेलेको थियो । 

अर्जेन्टिनाले आसन्न विश्वकप छनोटका निम्ति सार्वजनिक गरेको प्रारम्भिक २८ सदस्य टोलीमा मेसीको नाम पनि समावेश भएको हो । ‘‘म सधैँ टोलीमा उपस्थित हुने प्रयास गर्छु । उक्त खेलमा अनुपस्थित हुने मेरो चाहना थिएन । तर अन्तिम क्षणमा म आराम लिन बाध्य भए,’’ टोलीमा पुनरागमन गरेपछि अर्जेन्टिनी कप्तान मेसीले लेखेका छन् । 

आगामी जुनमा विन्डोमा अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियासँग खेल्ने तालिका छ । यी दुई खेलमा मेसीको अनुपस्थिति रहे पनि अर्जेन्टिनाले ब्राजिललाई ४–१ र उरुग्वेलाई १–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार

काठमाडौँ, १५ भदौ । दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजे पहिरो