इजरायलको गाजा आक्रमणमा एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु

एजेन्सी, २ जेठ । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार (मे १५)मा गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ ।
 
गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु भएको बताएका छन् ।

शुक्रबार बिहानैदेखि गाजाको जबालिया, बेइत लाहिया र खान युनिस क्षेत्रमा भारी बमबारी जारी रहेको मिडिलइस्टआई अनलाइनले जनाएको छ । 

बिहीबार एकै दिनमा १२७ जनाको मृत्यु भएपछि गाजामा आक्रमणमा मृत्यु हुनेको संख्या ५३ हजारभन्दा नाघेको छ ।
गाजाको खान युनिसस्थित युरोपेली अस्पताल यो हप्ता भएको इजरायलको भारी बमबारीपछि पूर्णरूपमा बन्द भएको छ ।

यो अस्पताल गाजामा क्यान्सर बिरामीहरूको लागि मात्र उपचार गर्ने एकमात्र केन्द्र थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।