महिला टी–२० विश्वकप एशिया छनोटमा आज बहराइन र हङकङ खेल्दै

काठमाडौँ, २ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् ।

बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्ने/नपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्‍यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।

यसअघि हिजोको खेलमा नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको थियो । योसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच भेटवार्ता भएको छ

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सबै क्षेत्रमा आवश्यक नपर्ने उल्लेख गर्दै जहाँ

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न