अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा बेहोर्ने

एजेन्सी, २ जेठ । यो वर्ष अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा बेहोर्ने प्रक्षेपण भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस वर्ष विदेशी पर्यटकबाट १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउन सक्ने एक पर्यटन उद्योग समूहले बताएको हो ।

वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्ल्यूटीटीसी) र अक्सफोर्ड इकोनोमिक्सले गरेको अध्ययनअनुसार यो वर्ष विदेशी पर्यटकको खर्चमा कमी आउने देश संयुक्त राज्य अमेरिका मात्र हुनेछ ।

विदेशी पर्यटकले १८१ अर्ब अमेरिकी डलर खर्च गर्दा यो एक दशकअघिको तुलनामा २२ दशमलव ५ प्रतिशतले घट्नेछ ।

यसले समग्र अमेरिकी अर्थव्यवस्थामा प्रत्यक्ष हानी पुर्‍याएर समुदाय, रोजगारी र तटदेखि तटसम्मका व्यवसायहरूलाई असर पार्ने विज्ञहरुले बताएका छन् ।

डब्ल्यूटीटीसीकी अध्यक्ष जुलिया सिम्पसनले अरु राष्ट्रले विदेशी पर्यटकहरूलाई भित्राउन पहल गरिरहेका समय अमेरिकी ट्रम्प सरकारले पर्यटकका लागि मन्दीको सङ्केत गरिराखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।