महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई हरायो

काठमाडौँ, १ जेठ । कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनलाई हराएको छ ।

वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । कुनै समय ३.५ ओभरमा २३ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कप्तान इन्दुले ७ बलमा अविजित २४ रनको पारी खेलिन् ।

उनले पाँचौं ओभरमा लगातार ३ चौका तथा छैटौं ओभरमा १ चौका र १ छक्का बटुल्दै नेपालको जित पक्का गराइन् । त्यसअघि सम्झना खड्का ५, रुबी पोदार १, कविता जोशी शून्य र पुजा महतो १३ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएपछि वर्षाका कारण खेल रोकिएर पुन: सुरु हुँदा नेपालले ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य पाएको थियो ।

बहराइनले दुवै खेलमा नेपाललाई चुनौती पेश गरेपनि नेपालले जित निकाल्न सफल भयो । अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच भेटवार्ता भएको छ

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सबै क्षेत्रमा आवश्यक नपर्ने उल्लेख गर्दै जहाँ

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न