महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र बहराइनले खेल्दै

काठमाडौँ, १ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ ।

थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो ।

यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । अस्ति मङ्गलवार भएको अर्को खेलमा भने नेपाल  हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि