पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन

एजेन्सी, २८ वैशाख । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ ।

राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सञ्चारमाध्यामहरुका अनुसार राजौरीमा गोलाबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भने,  ‘यो कस्तो प्रकारको युद्धविराम हो ? श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।