२३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल ‘पट’ ४ मा

काठमाडौँ, २३ बैशाख । एएफसी २३ वर्षमुनिको एशियन कप २०२६ छनोटमा नेपाल ‘पट’ ४ मा परेको छ ।

एशियन फुटबल महासङ्घ (एएफसी) ले हिजो सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो ।

‘पट’ ४ मा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, मङ्गोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन् ।

भारत भने ‘पट’ ३ मा परेको छ । एएफसीका अनुसार ‘ड्र’ यही ‘मे’ २९ मा मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा स्थानीय समयअनुसार दिउँसो २ बजे हुने छ ।

यस छनोट प्रतियोगितामा ४४ वटा २३ वर्षमुनिका राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank