काठमाडौं, ४ मंसिर । दुई पाङ्ग्रे सवारी साधन मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि ThirdWeelNepal मोबाईल एप्स सार्वजनिक भएको छ ।
सर्लाहीका ३५ वर्षीय अरुणकुमार राउतले ThirdWeelNepal एप्स बनाएका हुन । उनले नेपाल इन्जिनियरिङ कलेजबाट बीई गरेका छन भने भारतको चेन्नईस्थित भीईएलएस कलेजबाट एमटेक गरेका छन् । राउतले बनाएको एप्सले दुई पाङ्ग्रे सवारीमा आएका विभिन्न समस्यालाई समाधान गर्न सहयोगी हुने बताइएको छ ।
अहिले यो काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै उनीहरूको सेवा उपलब्ध छ । प्रयोगकर्ताले आईओएस र एन्ड्रोएड डिभाइसमा उपलब्ध ‘थर्ड ह्वील’ एप, कम्पनीको वेबसाइट वा फोनमार्फत यो सेवा लिन सक्छन् ।
डाउनलोड गर्ने तरीका
तपाईँले आफ्नु मोबाइलको प्ले स्टोर र एप स्टोरमा गएर TirdWeelNepal एप्स डाउनलोड गर्ने । त्यहा दिएको छोटो फारम भर्ने। जसमा तपाईको बाइक नम्बर दर्ता गर्नुपर्छ। अब सेवा लिन सक्नुहुन्छ। अथवा यसको वेवसाइट बाट पनि सेवा लिन सकिन्छ।






