प्रधानमन्त्री ओलीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज बुुझाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्ववृद्धि हुने अनुसन्धान र परिणाम दिने कामका केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

सो अवसरमा सो लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा रविन्द्रप्रसाद ढकाललगायत सहभागी हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

दाङ, ८ असार ।  लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा

काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ

काठमाडौँ, ८ असार । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ । काठमाडौँ, सिन्धुली,