काठमाडौँ, १७ बैशाख । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ ।
पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो । योसँगै भारतले अटारी सीमा बन्द गरेको छ भने पाकिस्तानलाई दिएको भिसा सम्बन्धी सुविधा पनि बन्द गरेको छ ।
पहलगाम आक्रमणपछि बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ख्वाजा आसिफले भारतले पाकिस्तानविरुद्ध चालेका कदमहरूको जवाफ दिएका थिए ।
उनले भनेका थिए, ‘हामी भारतले पछिल्लो २४ घण्टामा गरेको कामको जवाफ दिइरहेका छौँ। हामी यसलाई चुपचाप हेरिरहन सक्दैनौँ। हामीले पनि त्यस्तै तरिका र शैलीमा जवाफ दिनुपर्यो ।’
यसबाहेक, पाकिस्तानी रक्षामन्त्रीले अन्य मिडियामा पनि धेरै बयान दिएका थिए ।







