अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी

एजेन्सी, १५ वैशाख । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ ।

गएको शुक्रवारदेखि हिजो आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले सीमा पार गर्न खोजिरहेको एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो ।

सेनाले यो समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतङ्ककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको बताएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार हुँदै आएको छ ।

पाकिस्तानी सरकारले अफगान सरकारलाई आतङ्कवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता बेवास्था गरिरहेको पाकिस्तानको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।