सरकार ढल्नु हुँदैन, नढलोस् : सांसद झा

काठमाडौँ, १४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैन भन्ने गरेको भन्दै गठबन्धन सरकार लामो जाओस् भनेर कटाक्ष गरे ।

उनले भने, “प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्,” “यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकमना दिन चाहन्छु ।”

उनले सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गर्न सुझाव दिए । “यति महिनामा यो यो गर्‍यौँ भनेर परिणाम सुनाउनुभयो भने अझै राम्रो सुनिन्थ्यो होला, सरकार ढल्छ कि ढल्दैन भनेर,” उनले भने ।

गठनबन्धन कतिसम्म गिर्दो रहेछ भनेर देखिन पनि सरकार ढल्न नहुने उनको भनाइ थियो ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सातबुँदे सहमति सत्तासाझेदार दलले नै बिर्सिएको भन्दै के थियो भन्ने सम्झन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका