नेपाल युथ गेम्स हुने

काठमाडौँ, १२ वैशाख । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ । काठमाडौँमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ–स्पोर्टस गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । कार्यक्रमको उद्देश्य नवप्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ ।

आयोजक सार्थकका अध्यक्ष सुसन दुलालले नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य रहेको बताए । उनले १० वर्षे योजना बनाएका र यो पहिलो वर्ष भएकाले प्रदेशस्तरबाट मात्रै खेलाडी छनोट गरेको उल्लेख गरेका छन् ।

आगामी वर्षदेखि ७७ वटै जिल्लाबाट खेलाडी छनोट गरेर ल्याउने उनको योजना छ । अध्यक्ष दुलालले विभिन्न विद्यालयसँगको सहकार्यमा खेलाडी छनोट गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब एक हजार खेलाडीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा