५ प्रतिशत जनमत नभएकाले सत्ता हत्याउन चाहन्छन् : प्रधानमन्त्री ओली 

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले लोकतान्त्रिक व्यवस्था परिवर्तन गरी सत्ता हत्याउन खोजेको बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजना भएको दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकमा प्रतिगमन ल्याउनका लागि त्यस्ता क्रियाकलाप भएको बताउँदै त्यसका लागि मुलुकमा अराजकता ल्याउन खोजिएको ओलीको भनाइ थियो । ओलीले सरकार र व्यवस्था नै त्यो पाँच प्रतिशतको बलमा परिवर्तन गर्न खोजेको बताएका हुन् । त्यस्ता संकेत नेपालमा देखा परेको उल्लेख गर्दै ओलीले अराजकता त्यसैको आडमा ल्याइएको बताए ।

उनले भने, ‘नेपालमा जसरी देश अगाडि बढेको छ, त्यसलाई फेरि पछाडि फर्काउने खालका सोच, प्रवृति, माग केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छे त्यस्ता खालका प्रयासमा पनि लागेको देखिन्छ । उनीहरूसँग पनि जनमत छैन । उनीहरू बढीमा पाँच प्रतिशत छन्, त्योभन्दा बढी छैनन् । बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट… दे वान्ट टु क्याप्चर द पावर ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको