क्यालिफोर्निया विश्वविद्यालयबाट दर्जनौं विदेशी विद्यार्थीहरुलाई अमेरिकाले निकाल्यो

एजेन्सी, २४ चैत । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यालिफोर्निया राज्यका विभिन्न विश्वविद्यालयहरुका दर्जनौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको लस एन्जेलस टाइम्सले जनाएको छ । 

क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जेलसका शिक्षक र विद्यार्थीहरूले जनाएअनुसार कम्तिमा नौ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द भएको छ । ती विद्यार्थीहरूलाई आप्रवासी प्राधिकरणले पक्राउ गरेको हो । तर उनीहरूको भिसा किन रद्द भयो भन्नबारे जानकारी दिइएको छैन । 

यसैगरी क्यालिफोर्निया विश्वविद्यालय, शान डिएगोका कुलपति प्रदीप खोस्लाले शुक्रबार साँझ पाँच विद्यार्थीहरूको भिसा रद्द भएको बताएका छन् । उनका अनुसार बिना कुनै पूर्व जानकारी विश्वविद्यालयले यो सूचना प्राप्त गरेको हो ।

यसबाहेका अर्को एक जना विद्यार्थीलाई अध्यागमनमा रोकेर प्रवेश नदिएपछि आफ्नो देश फिर्ता पठाइएको पनि उनले बताए । 

क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका प्रवक्ताले पनि चारजना विद्यार्थीको भिसा रद्द भएको पुष्टि गरे । उनका अनुसार रद्द भएको दुई भिसा हाल स्नातक र स्नातकोत्तर गरिरहेका विद्यार्थी र रद्द भएको अन्य दुई भिसा हालै स्नातक गरेका विद्यार्थीहरूको थियो ।

क्यालिफोर्निया विश्वविद्यालय, डेभिसका सात जना विद्यार्थी र पाँच जना हालै स्नातक गरेका विद्यार्थीहरूको भिसा रद्द भएको बताइएको छ ।  यसका साथै स्ट्यानफोर्ड यूनिभर्सिटीका चारजना अध्यानरत विद्यार्थी र दुई जना हालै स्नातक गरेका विद्यार्थी हरूको भिसा रद्द भएको विश्वविद्यालयले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । पोखरामा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले