डोनाल्ड ट्रम्पले ७५ दिन थपे टिकटकमाथिको म्याद

एजेन्सी, २३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्ध हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् ।

आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनले जिकिर गरे । सबै आवश्यक अनुमोदनमा हस्ताक्षर भएको निश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई अब ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको उनले बताए ।

आफूहरू चीनसँग राम्रो विश्वासका साथ काम गरिरहने आशा गरेको उनले उल्लेख गरे । सन् २०२४ अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले निराधार राष्ट्रिय सुरक्षा चिन्ता उद्धृत गर्दै बाइटडान्सलाई टिकटक बेच्न २७० दिनको समय दिने कानुनमा हस्ताक्षर गरेका थिए । २०२५ जनवरी २० मा पदभार ग्रहणपछि ट्रम्पले पहिले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । सिन्ह्वा/

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । पोखरामा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले