पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

न्यु ब्रिटेन, २३ चैत । पपुवा न्यु गिनीमा शनिबार शक्तिशाली भूकम्प गएको छ ।

न्यु ब्रिटेन नजिकै गएको पछिल्लो भूकम्प रिक्टर स्केलमा ६.९ मापन गरिएको थियो। 

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी गरिए पनि यो चेतावनी एक घण्टा पछि फिर्ता लिइएको थियो । नेपाली समय अनुसार बिहान १.४५ बजे गएको भूकम्पको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकोको थियो। यसको केन्द्रबिन्दु किम्बे सहरबाट १९४ किलोमिटर (१२० माइल) पूर्वमा पत्ता लागेको थियो।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पका कारण पपुवा न्यु गिनीको तटीय क्षेत्रका केही भागमा १ देखि ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी दिइएको थियो। न्यू ब्रिटेन टापुमा लगभग ५ लाख मानिसहरू बसोबास गर्छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । पोखरामा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले