‘कर्मा’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २२ चैत । विपिन कार्की स्टारर ‘एन्टीहिरो एक्सन’ फिल्म ‘कर्मा’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

३ मिनेट लामो ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । ‘नाका’मा एक्सन रोलमा देखिएको ७ वर्षपछि अभिनेता कार्की एक्सन फिल्ममा फर्किएका हुन् ।

फिल्मका शीर्ष कलाकार विपिनसहित उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव पन्त लगायतलाई ट्रेलरमा देखाइएको छ । विपिनलाई एन्टीहिरो रुपमा प्रस्तुत गरिएको छ । आफूलाई व्यवस्थाले अपराधी बनाएको भन्दै विपिनको पात्र प्रणालीविरुद्ध आक्रोशित देखिन्छ ।

मुकुन लिड एन्टागोनिस्ट चरित्रमा छन् । उपासनालाई विपिनकी ‘लभ इन्ट्रेस्ट’को रुपमा देखाइएको छ । दिब्यदेव प्रहरी अफिसको चरित्रमा छन् । सरिता गिरी विपिनकी आमाको भूमिकामा छिन् । मुख्यतः फिल्मको कथा यी ४ पात्र वरपर घुम्छ । अपराध, तस्करी, प्रहरी र बदलाको नेक्सस वरपर कथा घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर