ट्रम्प प्रशासनविरुद्ध १९ सय वैज्ञानिकले लेखे खुला पत्र

एजेन्सी, १९ चैत । अमेरिकाका १९ सयभन्दा धेरै वैज्ञानिकले ट्रम्प प्रशासनबाट विज्ञानमाथि आक्रमणको जोखिम रहेको भन्दै खुला पत्र लेखेका छन् । 

अमेरिकाको वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको संस्था नेशनल एकेडेमिज अफ साइन्सेज, इन्जिनियरिङ एन्ड मेडिसिनका १९ सयजनाभन्दा बढी सदस्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विज्ञानमाथि गरिरहेको आक्रमणको जोखिमबारे चेतावनी दिँदै अमेरिकी नागरिकलाई एक खुला पत्रमा हस्ताक्षर गरेका छन् ।

ट्रम्प प्रशासनले अमेरिकी वैज्ञानिक संस्थानहरूमाथि निरन्तर आक्रमणको गरिरहेको बेला यो पत्र आएको द गार्जियन पत्रिकाले जनाएको छ । ट्रम्प प्रशासनले खासगरी अमेरिकाका निजी विश्वविद्यालयहरूलाई धम्की दिने, संघीय अनुदान रद्ध गर्नेलगायत सरकारी संस्थानहरूमा ठूलो मात्रामा रोजगारी कटौती गर्ने र सेन्सरसिप लगाउनेजस्ता काम गरिरहेको छ ।

“हामी यो क्षणमा वास्तविक खतरा देख्छौँ । हाम्रा विभिन्न राजनीतिक मान्यताहरू छन् । तर, हामी स्वतन्त्र वैज्ञानिक अनुसन्धानलाई सुरक्षित गर्न चाहने शोधकर्ताहरूको रूपमा एकजुट छौँ,” उनीहरूको पत्रमा उल्लेख छ, “हामी यो पत्र पठाउँदै स्पष्ट चेतावनी दिन चाहन्छौँ, राष्ट्रिय वैज्ञानिक अनुसन्धानको क्षेत्र ध्वस्त गरिँदैछ ।” 

नेशनल एकेडमी अफ साइन्सेजको स्थापना सन् १८६३ मा अब्राहम लिंकनको प्रशासनकालमा भएको थियो । द गार्जियन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ

काठमाडाैँ, २२ असाज । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत

काठमाडौँ, २१ असाेज । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै

काठमाडौँ, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको