इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने

एजेन्सी, १८ चैत । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ ।

उहाँले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सीधै बस्न नचाहने बताउँदै अप्रत्यक्ष वार्ताका लागि भने तयार रहेको स्पष्ट पार्नुभएको हो ।

ट्रम्प प्रशासनले इरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिँदै आएको छ ।

इरानी राष्ट्रपति पेजेस्कियानले जबसम्म अमेरिकाले आफ्ना गल्ती सुधारेर विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव नभएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

इरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको हो । तर अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले बताउनुभयो । उहाँले अप्रत्यक्ष वार्ताबाट ईरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२