आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँबाट देखिनेछ ? 

काठमाडौँ, १६ चैत । सन् २०२५ को पहिलो सूर्यग्रहण आज लाग्ने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो । यो सूर्यग्रहण नेपालमा भने लाग्नेछैन । नेपाली समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ । 

यो सूर्यग्रहण युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट देख्न सकिनेछ । नेपालमा नलाग्ने भएकाले सांस्कृतिक र धार्मिकरूपमा पनि यसको केही प्रभाव पर्ने छैन । 

कसरी हुन्छ, के हो सूर्यग्रहण ?

चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२