डब्लुएचओद्वारा सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न आह्वान

मनिला, ११ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ)ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल  ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । 

डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो । सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजारको मृत्यु भएको तथा परिवार र समुदायमा रोगको प्रभाव बढ्दै गएको डब्लुएचओले बताएको छ ।

पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओका क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले   जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउँने बताएका छन् । उनले, जोखिममा रहेका व्यक्तिले समयमै रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२