अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी

एजेन्सी, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थाल्नुभएको छ ।

उहाँले शिक्षा विभागलाई हटाउन शुरू गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सकेसम्म चाँडै बन्द गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । तर विभागलाई पूर्ण रूपमा खारेज गर्न कंग्रेसको सहयोग आवश्यक पर्छ ।

शिक्षा विभागले क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरूको लागि ऋण व्यवस्थापन गर्ने र कम आय भएका र अपाङ्गता भएका विद्यार्थीहरूको लागि सहयोग गर्दै आएको छ ।

राष्ट्रपतिको यो आदेशले सबै विद्यार्थीका लागि नतिजा सुधार गर्न अभिभावक, राज्य र समुदायलाई सशक्त बनाउने ह्वाइट हाउसले जनाएको छ । तर यो कदमले सबैभन्दा कमजोर विद्यार्थीहरूलाई समस्यामा पार्ने भन्दै ट्रम्पको आलोचना पनि भइरहेको छ ।

केही हप्ता अघिदेखि राष्ट्रपति ट्रम्पले शिक्षा मन्त्रालयका कर्मचारी कटौती गरिरहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ