अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

एजेन्सी, ७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका छन्  ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोन वार्ता गरेका हुन्  । उनीहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको र कुराकानी सकारात्मक भएको बीबीसीले जनाएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको र युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरु अघि बढीरहेको उल्लेख गरेका छन्  ।

यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी सहयोगमार्फत यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन्  ।

जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्मले रूसी नियन्त्रणमा रहेको जापोरिजिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वको बारेमा छलफल गरेका थिए ।

जेलेन्स्कीले पनि युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट फेरि सञ्चालनमा आउन दुई वर्ष भन्दा बढी समय लाग्न सक्ने र यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण रहेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ