‘अञ्जिला’ फिल्म हेर्न सातै प्रदेशका फुटबल संघलाई एन्फाको पत्र

काठमाडौँ, ५ चैत । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न र प्रचारमा सघाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले आग्रह गरेको छ ।

सातै प्रदेशका फुटबल संघ, ४८ जिल्ला फुटबल संघ, संघमा आबद्ध रेफ्री, खेलाडी, प्रशिक्षक र महिला फुटबल संघसहित ४ संघ, शहिद स्मारक ए, बी, सी डिभिजन क्लबलाई एन्फाले पत्र लेखेर उक्त आग्रह गरेको हो ।

नजिकको हलमा सामूहिकरुपमा फिल्म अवलोकन गराउन, जनमानसमा प्रोत्साहन जगाउनको लागि फिल्मको पोस्टर, भिडियो, क्लिप सामाजिक संजालमा सेयर गर्न एन्फाको आग्रह छ । एन्फा महासचिव किरण राईले धेरै भन्दा धेरै दर्शकमाझ फिल्म पुर्‍याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौँ, १६ भदौ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती

काठमाडौँ, १५ भदौ । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको छ । आज भएको भेटमा भोटेकोसी हुँदै त्रिशुली

काठमाडौँ, १५ भदौ । नेपालले हालै भीषण बाढीबाट धनजनको ठूलो क्षति व्यहोरिरहेको स्थितिलाई दर्शाउँदै विश्व मञ्चमा जलवायु परिवर्तनको एजेन्डा लैजाने