गाजा पट्टीमा इजरायलको आक्रमणमा ३४ जनाको मृत्यु 

एजेन्सी, ५ चैत । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ ।

सेनाले विद्रोही लुक्ने ठाउँलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । समाचार संस्था रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै मध्य गाजाको देर अल–बलाहमा तीनवटा घरलाई निशाना बनाइएको बताएको छ ।

यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो । गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु र ७० जना घाइते भएको जनाएको छ ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।

“हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,” विज्ञप्तिमा भनिएको छ । बीबीसी 
 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ