अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला

एजेन्सी, ४ चैत । अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ ।

आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत भेनेजुएलाको आपराधिक गिरोह ट्रेन डे अरागुआका दुई सय ३८ सदस्यहरूमध्ये अमेरिकी देश एल साल्भाडोर आइपुगेका बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी सरकार र एल साल्भाडोरले बन्दीहरूको पहिचान गरेका छैनन् भने उनीहरुको अपराध के हो वा कस्तो गिरोहका सदस्य हुन् भन्नेबारे पनि केही खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्प प्रशासनलाई उनीहरुको देश निकाला जायज नभएको भन्दै एक सङ्घीय न्यायाधीशको आदेश आएको भए पनि कैदीबन्दी बोकेका उडानहरू पहिले नै प्रस्थान गरिसकेका थिए ।

ह्वाइट हाउसका अनुसार भेनेजुयलाका आपराधिक गिरोहले अमेरिकी नागरिक जोखिममा रहेका तर अब कुनै खतरा नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ