फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ

एजेन्सी, २७ फागुन । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा मनिलामा पक्राउ गरिएको छ । हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलमै हिरासतमा लिइएको थियो ।

उनको कार्यकालमा लागुपदार्थ विरोधी अभियानका नाममा हजारौं व्यक्तिको सरकारी सुरक्षाकर्मीले गैरकानुनी हत्या गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

मानव अधिारवादीहरूका अनुसार ३० हजार जनाको गैरकानुनी हत्या गरिए पनि केही व्यक्तिमाथि मात्र कारबाही चलाइएको थियो । दुतेर्ते सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सका राष्ट्रपति थिए ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  यातायात व्यवस्था विभागमा मंगलबार