अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो

एजेन्सी, २० फागुन । अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ ।

युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् ।

तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताउनुभएको छ ।

युक्रोन पीडित रहेको स्पष्ट हुँदाहुँदै पनि रुसबाट हुने आक्रमणबाट जोगिन र आफ्नो भूमिको रक्षा गर्न यसले चाल्ने कदममा अमेरिकाले रक्षात्मक सहयोग गर्नुपर्नेमा उल्टो सहयोग कटौती गर्नु अचम्मको कुरा भएको उहाँको प्रतिक्रिया छ । यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले  रूससँगको युद्ध अन्त्य हुने कुरा  धेरै टाढा रहेको बताएकामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रोनको आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  यातायात व्यवस्था विभागमा मंगलबार